काठमाडौं । प्रदेश १ सरकारले पाँचथर, धनकुटा र तेह्रथुमको सुख्खाग्रस्त क्षेत्रका बासिन्दालाई प्रतिपरिवार सात हजार ५०० रुपैयाँ राहत दिने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद बैठकले यसअघि गठित सुख्खाग्रस्त क्षेत्र अनुगमन टोलीको प्रतिवेदन स्वीकार गर्दै पाँचथरको तुम्बेवा, कुम्मायक गाउँपालिका, तेह्रथुमको छथर र धनकुटाको चौबिसे गाउँपालिकाका जनतालाई तत्कालीन, अल्पकालीन र दीर्घकालीन राहत दिने निर्णय गरेको हो। सुख्खाग्रस्त क्षेत्रमा पूर्ण क्षतिग्रस्त भएका प्रतिपरिवारलाई सात हजार ५०० रुपैयाँका राहत प्रदान गर्ने र तुम्बेवाको खानेपानी समस्या समाधान गर्न खानेपानी बोक्ने ट्यांकर उपलब्ध गराउन आवश्यक बजेट दिने पनि निर्णय गरेको छ।