Radio Golden Live..

वामदेवका लागि ठाउँ खाली गर्दै सांसद रामवीर मानन्धर

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।नेकपाका नेता वामदेव गौतमका लागि निर्वाचन क्षेत्र खाली गरिदिन उनले राजीनामा घोषणा गरेका छन । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेकपा नेता मानन्धरले बुधबार बस्ने पार्टी सचिवालय बैठकले निर्णय गरेलगत्तै आफूले सांसद पदबाट राजीनामा दिने बताएका छन ।

उनले आफ्नो चुनाव क्षेत्रमा वामदेव गौतमले उपनिर्वाचन नहार्ने पनि दावी गरेका छन । पार्टीको बलियो संगठन रहेको र काठमाडौं ७ मा २० वर्ष अगाडिदेखि आफुले चुनाव जित्दै आएको उनले बताए । अबको निर्वाचनमा पनि जित्ने आधार भनेकै आफूले २० वर्षदेखि चुनाव जित्नु रहेको भन्दै मानन्धरले उपनिर्वाचनमा निराश हुनुपर्ने अवस्था नरहेको दावी गसेका छन ।

नेता मानन्धरले नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफैले कन्भिन्स गरेर राजीनामा दिएको बताए ।पार्टीको निर्णय अनुसार अगाडि बढ्ने भएकाले राजीनामा दिँदा कत्ति पनि दुखित नभएको भन्दै उनले पार्टीले चाहेको खण्डमा आफू मन्त्रीसम्म हुन सक्ने बताएका छन ।राजीनामाले जतासँगको सम्बन्ध नटुट्ने दावी गर्दै सांसद मानन्धरले जनताको अपेक्षाअनुसार विकास गर्नकै लागि नेता गौतमको आवश्यकता पार्टीले महसुस गरेको बताए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]