Radio Golden Live..

लेहेंगाको अर्डर दिइन् प्रियंका चोपडाले

डिजाइनरसँग छलफल गरिन ६ घण्टा

काठमाडौं । प्रियंका चोपड़ा र निक जोनसको इंगेजमेन्ट १२ अगस्टमा भइसकेको छ । यसपछि अब यो जोडीको विवाह कहिले र कहाँ हुने भन्ने कुरामा विभिन्न अनुमान गरिएको छ । उनीहरुको विवाह नोभेम्बरमा हुने लगभग पक्का छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार प्रियंका चोपडाले विवाहका लागि लेहेंगाको अर्डर दिएकी छन् । उनले विवाहमा लगाउने लेहेंगाका लागि ख्यातीप्राप्त डिजाइनर अबू जानी र सन्दीप खोसलालाई जिम्मेबारी दिएकी छन् ।प्रियंकाले लेहेंगाको डिजायनका लागि उनीहरुसँग ६ घण्टा छलफल गरेको कुरा भारतीय सञ्चार माध्यममा खबर छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]