Radio Golden Live..

काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई कार्वाही गर्न माग

काठमाडौं । संसदीय समितिले तोकिएकै समयमा विकास निर्माणको काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीमाथि कडा कार्वाही गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले तोकिएकै समयमा गुणस्तरीय काम नगर्ने ठेकेदार कम्पनीलाई कडा कार्वाही गर्न सरकारलाई निर्देशन दिइन ।
बुधबार सिंहदरबारमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उनले क्षमता नभएका कम्पनीलाई निर्माणको कामको जिम्मा नदिन पनि सरकारलाई सचेत गराइन । समितिकी सभापति खड्काले राष्ट्रिय गौरवको आयोजना निर्माणको काममा तीव्रता दिन ढिलाई नगर्न पनि सरकारसँग आग्रह गरिन । उनले विकास निर्माणको कामलाई अघि बढाउन आवश्यक कानुनको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]