Radio Golden Live..

९० प्रतिशत रागा र भैंसीको मासु खानलायक छैन : कृषिमन्त्री खनाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले कालिमाटी फलफूल तथा तरकारी बजार बन्द बताएका छन । बजारमा अत्यधिक अनियमितता रहेको भन्दै कृषिमन्त्री खनालले त्यसलाई बन्द गरेर अर्को बजार बनाउने योजनामा आफू रहेको बताएका छन ।

कालिमाटी तरकारी बजारमा एउटाले स्टल लिएर अरुलाई नै महंगोमा भाडामा लगाउने क्रम रोक्न मन्त्रालयले ५७ वटा स्टललाई कारबाही गरेको थियो । २५ वटाले अदालत गई खारेजीविरुद्ध अन्तरिम आदेश ल्याइसकेको मन्त्री खनालले बताए ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा मन्त्री खनालले काठमाडौंमा बिक्रीका लागि राखिएका राँगा र भैंसीका मासुमध्ये ९० प्रतिशत खानलायक नभएको बताएका छन् । पत्रकार सम्मेलनमा उनले पाँचवटा राँगाभैंसीको बधशालामा अनुगमन गर्दा चारवटामा न्युनतम मापदण्ड पनि पूरा गरेको नपाइएकाले बन्द गरो बताए ।

काठमाडौंमा उपलब्ध ९० प्रतिशत रागा र भैंसीका मासु खानलायक छैन र  राँगाभैंसीको तुलनामा ख सी र कुखुराको मासु केही सफा रहेको मन्त्री खनालले बताए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]