Radio Golden Live..

सिंगो प्रहरी संगठन असफल छैन : महानिरिक्षक खनाल

काठमाडौँ । नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले दुई जना प्रहरीको असफलतालाई सिंगो संगठनको असफलताको रुपमा हेर्न नमिल्ने बताएका छन् ।६३ औँ प्रहरी दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै खनालले यसरी एउटा मुद्दामा पूरै प्रहरी संगठनलाई जोड्दा इमान्दार प्रहरीको मानमर्दन हुने बताएका छन। उनको संकेत निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणतर्फ थियो ।

निर्मलाको बलात्कारी तथा हत्यारा पत्ता लगाउन नसक्दा यतिबेला सम्पूर्ण प्रहरी संगठन तथा सरकारसमेत दबाबमा रहेको छ । केही समयअघि सत्तारुढ दलकै विद्यार्थी संगठनका नेताहरुले गृहमन्त्री रामबहादुर थापा समक्ष आइजीपी खनाललाई बर्खास्त गर्न माग गर्दै ज्ञापन पत्र समेत बुझाएका थिए । उनले अघिल्लो वर्ष ९० प्रतिशत अपराधीहरु कानूनी दायरामा आएको तथ्य पनि प्रस्तुत गरेका थिए ।

उच्च हिमाली गाउँमा भाँडाका घरमा अक्सिजनसमेत अपुग भएको ठाउँमा प्रहरी दत्तचित भएर राष्ट्र सेवामा खटिरहेको भन्दै प्रहरीमाथि आशंका नगर्न खनालले आग्रह गरेका छन ।खनालले प्रहरी यतिबेला अपराध गरेर सहज उम्कने तथ्यसँग हामी लडिरहेको जिकिर गर्दै भोलिका दिनमा आउने सुरक्षा चुनौतिसँग जुध्न सक्षम प्रहरी निर्माण गरिनुपर्नेमा जोड दिए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]