Radio Golden Live..

बलात्कारको गलत रिपोर्ट दिने २ डाक्टरको प्रमाणपत्र निलम्बन

काठमाडौं । बलात्कारको गलत प्रतिवेदन दिएका जनकपुर अञ्चल अस्पतालका दुईजना चिकित्सकको प्रमाणपत्र निलम्बन भएको छ । धनुषाकी १२ वर्षीया बालिका बलात्कृत नभएको गलत प्रतिवेदन दिएका डा. विजय कुमार सिंह र डा. रम्भा गोइतलाई न्युनतम चिकित्सकीय आचरण तथा व्यवहार विपरित मेडिकल रिपोर्ट दिएको ठहर गर्दै उनीहरुको व्यवसायिक प्रमाणपत्र निलम्बन गरिएको छ ।

घटनाबारे अध्ययन गर्न नेपाल मेडिकल काउन्सिलले गठन गरेको छानबिन समितिले दुई डाक्टरलाई चिकित्सकीय अभ्यासबाट वञ्चित गराउने निर्णय समेत गरेको हो ।गएको भदौ ८ गते धनुषाको जनकनन्दिनी गाउँपालिका २ कि बलात्कृत बालिकाको नमुना परीक्षणपछि बलात्कार नभएको प्रतिवेदन दिएका उनीहरु कारबाहीमा परेका छन ।

जनकपुर र सिरहामा बालिकाको नमुना परीक्षणको फरक फरक प्रतिवेदन आएपछि मेडिकल काउन्सिलले डा. कालुसिंह खत्रीको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति बनाएको थियो ।समितिले वयानका लागि बोलाउँदा अटेर गरी बसेको भन्दै जिल्ला अस्पताल सिरहाका चिकित्सक सिंहलाई सात दिनको म्याद दिई स्पष्टिकरण सोध्ने निर्णय पनि गरेको समितिका प्रवक्ता डा। कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]