Radio Golden Live..

प्रहरी सुरक्षा योजना सुर्खेतमा सञ्चालन

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘विशेष सुरक्षा योजना सञ्चालन गरेको छ । नेपालीको महान् पर्व विजयादशमी तथा तिहारलाई लक्षित गरी प्रहरीले ‘विशेष सुरक्षा योजना’ सञ्चालन गरेको हो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतलगायत सबै जिल्लाका बस्ती तथा टोलमा आपराधिक घटना नघटुन् भन्ने उद्देश्यले यो योजना सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।

प्रहरीले काठमाडौँ, नेपालगञ्जबाट प्रवेश गर्ने प्रवेशद्वार सुर्खेतको सुब्बाकुनामा जाँच प्रक्रियालाई तीव्र बनाएको छ भने जिल्लाभित्रसमेत मदिरा तथा जुवातास नियन्त्रण, गाँजा फँडानी, घरेलु मदिरा बरामद तथा नष्ट गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले जिल्लाका २६ वटै प्रहरी एकाइलाई आआफ्नो वडा एरियामा नागरिकका लागि शान्ति सुरक्षा महसुस गर्ने गरी सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको जनाइएको छ ।

 

गोल्डेनखबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]