Radio Golden Live..

राष्ट्र निर्माण गर्न जनमुखी प्रशासनको आवश्यता : सभामुख महरा

काठमाडौं । सभामुख कृष्णबहादुर महराले सवल राष्ट्र निर्माण गर्न, जनमुखी प्रशासन आजको आवश्यता रहेको बताएका छन । प्रहरी दिवसको अवसरमा बिहिबार प्रदेश नम्बर ५ प्रहरी कार्यालयले दाङको तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख महराले प्रहरीले शान्ति सुरक्षा कायम गर्न कर्तव्यनिष्ट भएर काम गर्नुपर्नेमा जोड दिए । उनले नेपाल प्रहरीले जनताका यावत समस्यालाई एकिकृत गरी जनभावना अनुरुप काम गर्नुपर्नेमा जोड दिँदै प्रहरीलाई निर्भिक र निडर भएर काम गर्न आग्रह गरे । प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले अमर प्रहरीको परिवारलाई प्रदेश सरकारले प्याकेजमा सहयोग गर्ने बताए । द्धन्द्धमा मारिएका परिवारका छोराछोरीलाई निःशुल्क पठनपाठनका लागि प्रदेश सरकारले नीति बताए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]