Radio Golden Live..

बलात्कारीलाई कारबाहीको माग गर्दै प्रधानमन्त्री निवासमा धर्ना

काठमाडौं । मानव अधिकारकर्मीहरुले बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न सरकार असफल भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारको मूलगेट अगाडि धर्ना दिन पुगेका उनीहरुले निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गरी कार्वाही गर्न नसकेको भन्दै सरकार र नेपाल प्रहरीप्रति आक्रोश व्यक्त गरेका हुन ।बलात्कारपछि हत्या गरिएकी बालिका पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न सरकार असफल भएपछि त्यसको विरोधमा प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिनु परेको मानव अधिकारकर्मी कपिलदेव श्रेष्ठले बताए । गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी बालिका पन्तको हत्यारालाई अझै पक्राउ नसकेकोमा सरकारको चौतर्फी आलोचना भइरहेको छ ।मानव अधिकारवादी संघ, संगठनहरुले निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन बम दिदीबहिनीलाई अनुसन्धानको दायरामा ल्याउन पनि सरकारलाई आग्रह गर्दै आएका छन् ।

गोल्डेनखबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]