Radio Golden Live..

अफगानिस्तानमा बम आक्रमण ,१३ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको उत्तरपूर्वमा भएको एक चुनावी र्यालीमा बम आक्रमण हुँदा कम्तमिा १३ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् ।

मृत्यु हुनेहरुमा नागरिक र सुरक्षाफौजका व्यक्तिहरु रहेका छन् । तखार प्रान्तका प्रान्तीय प्रहरी प्रमुखका प्रवक्ता खलिल असरले ३२ जना अरु घाइते भएको जानकारी दिए ।

रुस्ताक जिल्लामा आयोजित चुनावी र्यालीलाई लक्षित गरी मोटरसाइकलमा राखिएको बम पड्काइएको पनि असरले बताए । उक्त र्यालीमा सम्बोधन गर्न महिला उम्मेदवार नजिफा युसोफी बेग आइपुग्नु ठीक अघि विस्फोट गराइएको थियो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]