Radio Golden Live..

२२ औँ राष्ट्रिय महिला भलिबल उपाधि एपिएफ क्लबलाई

काठमाडौं । नेपाल भलिबल सङ्घद्वारा बागलुङको गलकोटमा आयोजित २२ औँ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ ।

शनिबार भएको फाइलन खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि जितेको हो ।

पुलिसका विरुद्ध २५–१७, २५–१३ र २५–२३ को अन्तरमा एपिएफले जित निकालेको थियो । विजेता एपिएफले उपाधिसहित रु ५० हजार प्राप्त गरेको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]