Radio Golden Live..

नेकपा सचिवालयको बैठक फेरि स्थगित

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टीको सचिवालय बैठक पुन सरेको छ । शनिबार बस्ने भनिएको सचिवालय बैठक कात्तिक ४ र ५ गतेका लागि सारिएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

नेकपाको लगातार यो दोस्रो पटक बैठक सारिएको हो । उनले शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको बताए । बैठकको समय र स्थान भने तोकिएको छैन ।

यसअघि गत बुधबार डाकिएको सचिवालय बैठकसमेत सारिएको थियो । बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गरिने कार्यसूची रहेको थियो ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]