Radio Golden Live..

१० वर्षीया बालिकाको बलात्कारपछि हत्या,दुई जना पक्राउ

काठमाडौं । धनुषाको औरही गाउँपालिका १ मा १० वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् ।घर नजिकै दुर्गापूजाको मेला हेर्न गएकी मुनिषाकुमारी यादव शुक्रबार साँझ हराएकी थिइन् ।

आमाबुबाले बालिका हराएको खबर गरेपछि खोजविनका क्रममा औरही २ का रामआशिष साहको धानखेतबाट शव भेटिएको प्रहरीले जनाएको छ ।अनुसन्धानका क्रममा औरही ५ परवाह मुखिया टोलका ३२ वर्षका विनोद मुखियाले पैसा दिएर फकाएको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।

उनको बयानका आधारका औरही ३ परवाह का ३० वर्षका नथुनी पण्डित पनि पक्राउ परेका छन् ।दुबैले अभियोग स्वीकार गरेको र घटनाको अनुसन्धान भइरहेको डीएसपी दिपेन्द्र शाहीले जानकारी दिए ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]