Radio Golden Live..

काष्ठमण्डप पुनर्निर्माणका लागि महानगरले उपलब्ध गरायो ५ करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई ५ करोड रुपैयाँ थप रकम प्रदान गरेको छ । शनिबार हनुमान ढोका दरबार संरक्षण कार्यक्रमले आयोजना गरेको कार्यक्रममा प्रमुख मेयर बिद्यासुन्दर शाक्यले समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई उक्त चेक हस्तान्तरण गरेका छन ।

महानगरको रणनीतिक नेतृत्वमा सरकारी तथा नागरिक संघ संस्थाको सहभागितामा काष्ठमण्डपलाई छिटो, मौलिक स्वरुप र दिगो रुपमा पुननिर्माण गर्न प्रदेश सभा सदस्य श्रेष्ठ नेतृत्वको समिति र काठमाडौं महानगरबीच सहमति भएपछि गएको जेठ २९ गते काम थालनी गर्न ५० लाख रुपैयाँ उपलब्ध गराएको हो ।

त्यस रकमबाट प्रारम्भिक काठ किन्ने लगायतका काम भइसकेकाले थप रकम उपलब्ध गराइएको हो ।रकम प्रदान गर्दै मेयर शाक्यले १८ करोड अनुमानित लागत भएको काष्ठमण्डपको पुनर्निर्माण महानगरले आफ्नै खर्चमा सम्पन्न गर्ने कुरा आफूले भन्दै आएको बताउँदै यसको प्रारम्भिक काम शुरु भइसकेको बताए ।

गोल्डेन खबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]