Radio Golden Live..

धार्मिक सहिष्णुतामा संसारकै नमुना देश नेपाल : राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमुना देश भएको बताएका छन । बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताए ।

उनले नेपाल प्राकृतिक तथा धार्मिक हिसाबले धनी हुदाँहुदै पनि उचित व्यवस्थापनको अभावमा गरीब भएको भन्दै अहिलेको सरकारले देशलाई विकासतर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे । सरकारले नेपालमा भएको प्राकृतिक स्रोत साधनको उचित व्यवस्थापन गरी देशलाई समृद्ध बनाउने उनको भनाइ छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]