Radio Golden Live..

मलेसियाले नेपाली कामदारलाई निःशुल्क लैजाने

काठमाडौं । नेपाल सरकार र मलेसियाबीच हुने कात्तिक १२ गते कामदार लैजानेबारे समझदारीपत्र एमओयूमा हस्ताक्षर हुने भएको छ । यसका लागि मलेसियाका मानव संशाधन मन्त्री एम कुलेसागरन कात्तिक ११ गते काठमाडौं आउने तय भएको छ । यो लगत्तै नेपाली कामदार पुनः मलेसिया जाने बाटो खुल्नेछ ।
बिचौलिया संयन्त्र खडा गरेर भिसा प्रक्रियाबाटै काकदार ठगिएपछि सरकारले महिनादेखि नेपाली कामदार मलेसिया जान रोकिएको थियो । श्रम तथा रोजगार मन्त्रालयका सचिव महेश दाहालले आइतबार एनआरएएनएका पदाधिकारीहरुसँगको छलफलमा यो जानकारी दिएका हुन । एमओयूको मस्यौदमा गत असोज १२ गते नै दुई देशबीच सहमति जुटेको थियो । समझदारीमा नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने सहमति भएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]