Radio Golden Live..

इलाममा छुरा प्रहारबाट एक घाइते

काठमाडौं । इलामको फाकफोकथुम गाउँपालिका–३ मा छुरा प्रहारबाट एक जना घाइते भएका भएका छन ।

स्थानीय डिकबहादुर पाण्डेले मादक पदार्थ सेवन गरी कुखुराको पैसा नदिएको निहुँमा छुरा प्रहार गर्दा ४५ वर्षीय नैनसिंह अधिकारी घाइते भएका हुन ।

उनको दाहिने पाखुरामा चोट लागेको प्रहरी चौकी एकतप्पाका सई भूपेन्द्र ढुङगानाले जानकारी दिए ।

घाइते अधिकारीको पाखुरा ७० प्रतिशत चुडिएकाले थप उपचारका लागि झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएको ढुङगानाले बताए ।

छुरा हान्ने पाण्डेलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]