Radio Golden Live..

मन्त्रीमाथि डण्डा चलाउन प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले मन्त्रीहरुको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।

मन्त्रीहरुलाई डण्डा चलाउन प्रधानमन्त्रीले ढिला गर्न नहुने उनले बताए ।

मण्डनदेउपुर नगरपालिकाले सुरु गरेको नगर बस सेवाको उद्घाटन गर्दै नेता नेपालले सरकारले लिएको योजनालाई सार्थकता दिन मन्त्रीहरुमा करेक्सन जरुरी रहेको बताए ।

दुई तिहाइको समर्थन प्राप्त सरकारको सपना पुरा गर्ने हो भने सबैलाई परिचालन गर्नुपर्ने उनले बताए ।

मण्डनदेउपुर नगरपालिकाले ६ वटा नगरबस सञ्चालनमा आएको छ ।

गोल्डेनखबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]