Radio Golden Live..

करीब १३ करोड मूल्यको चिनीगोदाममै थन्कियो चिनी

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिक टन चिनी सुक्खा बन्दरगाहको गोदाममा थन्किएपछि उपभोक्ता महङ्गोमा चिनी किन्न बाध्य भएका छन् ।

हिन्दूको महान् चाड दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेशनले भारतको गुजरातस्थित रेणुका सुगर मिलबाट सो परिणामको चिनी आयात गरेको थियो ।

ढिलो गरी आएकाले सो चिनी भन्सार पास हुन नसक्दा गोदाममै थन्किएका कारण हालसम्म सो चिनी बजारमा आउन नसकेको हो ।

विसं २०७५ भदौ ३१ गते बसेको मन्त्रिपरिषदको निर्णयलाई आधार मानी वाणिज्य विभागले चिनीको जाँच पास नगर्न पत्राचार गरेकाले यस्तो स्थिति आएको सुक्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।

गोल्डेनखबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]