Radio Golden Live..

सर्वशक्तिमान जनता हुन : प्रधानमन्त्री ओली

श्रीपेच, राजदण्ड, १२ वस्तुको प्रदर्शनी सर्वसाधारणका लागि खुला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता शक्तिशाली र सार्वभौम रहेको बताएका छन्। सोमबार नारायणहिटी संग्रहालयमा पूर्वराजाको श्रीपेच, मुकुट र राजदण्ड लगायतका सामग्रीको सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले जनता शक्तिशाली रहेको प्रमाण नेपालको राजसंस्थाको अन्त्य र गणतन्त्रको स्थापना भएको बताए।

उनले राष्ट्रियता लगायतका विषयमा विगतमा राणा शासक, राजा, मल्ला शासकले गरेका कामहरूको सदैव स्मरण गरिने पति बताए। ओलीले चीनका अन्तिम बादशाहको पुस्तकका केही लाइन स्मरण गरे। प्रधानमन्त्री ओलीले राजतन्त्र, राणा शासनको अन्त्य र जनआन्दोलन लगायत सबै आन्दोलनको निष्कर्षका रूपमा पूर्वराजसंस्थाले प्रयोग गरेको श्रीपेच, राजदण्ड, लगायतका सामग्री प्रदर्शनीमा राखिएको बताए। उनले यसले सहिदहरूलाई सम्मान मिलेको पनि बताए।

प्रधानमन्त्री ओलीले जनताले ढालेको राजतन्त्रलाई विश्वमा कतैपनि सुख सयलका साथ बस्न नदिइएको बताए। उनले नेपालमा भने राजसँस्था इतिहास भएकाले संग्रहालयमा सुरक्षित राखिएको बताए। उनले नारायणहिटी दरबार संगहालयलाई इतिहास संग्रहालयका रूपमा विकास गरिने बताए। इतिहास विभिन्न देशका राजाहरूका दरबारलाई संग्रहालय बनाएझैँ नारायणहिटी दरबार संग्रहालयलाई पनि विकास गर्ने र राष्ट्रिय इतिहास संग्रहालयका रूपमा स्थापित गरिने उनको भनाइ थियो। उनले गोपाल वंश देखि शाहकालसम्मका संस्कृति झल्किने गरी संग्रहालयको विकास गरिने बताए।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]