Radio Golden Live..

प्रदेश २ सरकारले संघीय सरकारलाई ओभरटेक गरेको महान्यायाधिवक्ता खरेलको दाबी

काठमाडौं ।महान्यायाधिवक्ता अग्नि खरेलले प्रदेश २ सरकारले संघीय सरकारलाई ओभरटेक गर्न खोजेको बताएका छन्। संविधानको धारा २६८ ले संघीय सरकारले प्रदेश प्रहरी सम्बन्धी कानून बनाइसकेपछि मात्र प्रदेश सरकारले बनाउनुपर्ने बताउँदै महान्यायधिवक्ता खरेलले प्रदेश सरकराले प्रहरी ऐन बनाएर कानून मिचेको आरोप लगाएका छन ।

महान्यायधिवक्ता खरेलले संविधान र कानुन अनुसार नै सबैले अघि बढ्नु पर्नेमा जोड दिँदै देशमा संविधानसभाबाट आएको संविधानको तीन वर्ष बितेको र नागरिकको मौलिक अधिकार लगायतका विभिन्न आधारभूत आवश्यकताको कानून निर्माण भइसकेको बताए।

सोमबार जनकपुरधाममा प्रदेश २ को मुख्यन्यायाधिवक्ताको कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले संविधानप्रति देखिएको असन्तुष्टिलाई पनि यहिँ संविधानले सम्बोधन गर्ने भएकाले राजनीतिक दलहरूको आपसी सहमति, समझदारी र सहकार्यबाट नै अघि बढेर संशोधन प्रक्रियामा जान आग्रह गरेका छन ।

देश २ मा बहुमतबाट पारित भएको प्रदेश प्रहरी ऐनमा महान्यायाधिवक्ता खरेलले केन्द्र सरकारलाई दबाब दिने उद्देश्यले प्रदेशले प्रदेश प्रहरी कानुन ल्याएको हुन सक्ने आँकलन गरेका छन ।

पूर्वकानुनमन्त्रीसमेत रहिसकेका महान्यायाधिवक्ता खरेलले प्रदेश संसद आफैँमा सार्वभौम रहेकोले संविधान र कानून बमोजिमको अधिकार प्रयोग गरेर काम गर्न सक्ने बताए।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]