Radio Golden Live..

जस्टिन बिबरले गरे विवाह

काठमाडौँ । क्यानडियन पप स्टार जस्टिन बिबर र मोडल हाइली बाल्डविनले विवाह गरेका छन् । उनीहरुले अदातलमा गएर कानुनी रुपमा विवाह गरेको हुन् । यो खबरले जस्टिनका फ्यानहरु सरप्राइज भएका छन् ।लामो समयसम्म प्रेम सम्बन्धमा रहेका उनीहरुले केही महिना अगाडि इन्गेजमेन्ट गरेका थिए। उनीहरुको इन्गेजमेन्टको खबरले नै अधिकांशलाई अचम्मित पारेको थियो, त्यो भन्दा ठूलो सरप्राइज उनीहरुले गुपचुप कानुनी रुपमा विवाह गरेर दिएका हुन् ।उनीहरुले अघिल्लो महिना नै कोर्टम्यारिज गरेको खबर सार्वजनिक भएको छ। स्रोतका अनुसार यो गोप्य समारोह हाइलीको आइडिया थियो। पिपुल्स म्यागजिनका अनुसार बाल्डविनले आफ्नो थर पनि बदलेकी छन्, उनले आफ्नो नाम अब ‘हाइली बिबर’ राख्ने भएकी छन्। भर्खरै उनले दिएको अन्तर्वार्तामा २१ वर्षकी मोडलले आफ्ना २४ वर्षका श्रीमानका बारेमा केही बताइन्।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]