Radio Golden Live..

गुल्मीमा श्रीमानद्वारा श्रीमतीको हत्या

काठमाडौं । गुल्मीमा श्रीमानले श्रीमतीलाई कुटपिट गरेर हत्या गरेका छन् । जिल्लाको मुसिकोट ७, इन्द्रेगौडाका ३५ वर्षीय पंकज कुमालले श्रीमती ३० वर्षीया लाली कुमालको हत्या गरेका छन ।

गुल्मी प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतका अनुसार पंकजले चिरपट दाउराको प्रयोग गरी उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

शनिबार राति भएको पारिवारिक झगडाका क्रममा उनले कुटपिट गर्दा श्रीमतीको हत्या भएको पंकजले पनि स्वीकारेका छन् ।कुमाललाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]