Radio Golden Live..

नवलपुरमा गम्भीर दुर्घटनामा परि मृत्यु भएका सबै ६ जनाको सनाखत

काठमाडौँ । नवलपरासी पूर्व नवलपुर मा बस दुर्घटना हुँदा गुमाएका सबै ६ जनाको सनाखत भएको छ । आइतबार बिहानै भएको दुर्घटनामा ५७ जना घाइते भएका छन् ।इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका११, अरुणखोला नजिक आइतबार बिहान ५ बजे हुँदा ज्यान गुमाउनेमा भारत उत्तर प्रदेश गोरखपुरका ५५ वर्षका दीपक पासवान, भारत बिहारका विद्यानन्द यादव तथा सुनसरीको कोशी गाउँपालिका ३ का अब्दुल अन्सारी रहेको प्रहरीले जनाएको छ ।

यस्तै भोजपुरका रामजित राई र मोरङका ११ वर्षे सुहम कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । यसैगरी उपचारको क्रममा गुल्मीको हस्तीचउरका ३५ वर्षे तिलक विष्टको ज्यान गएको छ । विष्ट नेपाली सेनामा कार्यरत थिए ।घटनामा घाइते भएका ५७ जना मध्ये ४१ जनालाई उपचारका लागि भरतपुर लगिएको छ । अरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बसका चालक निदाएकाले अनियन्त्रित भएर पल्टिएको पनि प्रहरीले जनाएको छ ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]