Radio Golden Live..

गगन थापासँग जोरी खाेज्ने केशव स्थापितले दोलखामा देखाए आफ्नो ‘औकात’

दोलखा । जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यलय दोलखाको साइन बोर्ड उद्घानका लागि दोलखा पुगेका तीन नं. प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री केशव स्थापितले आफ्नो ‘औकात’ देखाएका छन् ।

एउटा कार्यालयको ब्यानर उद्घाटनका लागि छोरा र बुहारी सहित दोलखा घुम्न गएका उनले आयोजकले बुकिंङ गरेको होटलमा बस्ने ‘औकात’ नै नभएको भन्दै मन्त्रीलाई स्वागत गर्न बसेकाहरुको नै सात्तो लिएका थिए ।

स्रोतका अनुसार मन्त्री स्थापित दोलखा जानेभएपछि जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले भिआइपीको लागि भन्दै चरिघ्याङ स्थित सुभेच्छा होटल बुकिंङ गरेका थिए ।

शनिबार राति अबेर दोलखा पुगेका उनले उक्त होटलमा बस्ने हैसियत नभएको भन्दै सिंचाई विकास डिभिजनका कार्यलय प्रमुख प्रकाश अधिकारी सहितको टोलीलाई झपारेपछि पानारोमा रिसोर्ट तर्फ लागे ।

राति १० बजे चरिकोट पुगेका मन्त्री स्थापितले आयोजकले बुकिङ गरेको होटलमा बस्न अस्वीकार गरेपछि उनीहरुलाई मध्येरातमा कहाँ के गर्ने भन्दै हम्मेहम्मे भएका थिए ।

आयोजकलाई मन्त्रीले मात्र नभएर मन्त्रीका छोरा र बुहारीले समेत थर्काएको स्रोतले एक प्रत्यक्षदर्शीले बताएका छन् । मन्त्री स्थापितले बस्नका लागि पानारोमा रिसोर्ट रोजेपनि उसले खाना र बस्दा लागेको कुनै पनि वीलको भुक्तानी नगरिकन बाँकी राखेर फर्केका छन् ।

रिसोर्ट सञ्चालकलाई उसले सिंचाई विकास डिभिजनका कार्यलयले आफुहरुले खाए बसेको सवै विल भुक्तानी गर्छ, भन्दै बाहिरिएका थिए ।गोल्डेन खवर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]