Radio Golden Live..

आज काठमाडौंको तापक्रम यो वर्षकोे कम

काठमाडौं । शनिबार बिहान काठमाडौंको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । बिहान काठमाडौंको तापक्रम ६ दशमलव २ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि गएको कात्तिक २० देखि काठमाडौंको तापक्रम ६ दशमलब ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।त्यसयता बढेको तापक्रम फेरि घटेर आज यो वर्षकै कम ६ दशमलब २ डिग्री सेल्सियसमा झरेको हो ।

अहिले उपत्यकासहित देशभरी नै हुस्सु तथा कुहिरो लागेको छ । आज पनि दिउँसोपछि पहाडी भूभागको मौसम आशिंक बदली हुने मौसमविद्को अनुमान छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा रहनेछ ।

गोल्डेन खबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]