Radio Golden Live..

राजधानीमा माला आर्टस् एकेडेमी सञ्चालन

काठमाडौं। पुराना अभिनेता सरोज खनालले फिल्म एकेडेमी शनिबार बाट सञ्चालन गरेका छन्। शनिबार मात्र खनाल र थिएटर आर्टिस्ट चन्द्रमाला शर्माले खोलेको माला आर्ट एकेडेमीु को उद्घाटन गरिएको छ।

काठमाडौंको दरबारमार्गमा रहेको यस एकेडेमीमा तीन महिनाको कोर्ष सञ्चालन गरिने प्रवन्ध निर्देशक खनालले बताए। वर्षमा तीनवटा ब्याच र प्रत्येक ब्याचमा १५ जना विद्यार्थी रहने खनाले बताए ।

अभिनयमा आवाश्यक कलात्मक तथा सिर्जनात्मक ज्ञान विद्यार्थीलाई उपलब्ध गराउने उद्देश्यले यस एकेडेकीको सुरुवात गरिएको एकेडेमीकी अध्यक्ष चन्द्रमाला शर्माले बताइन्। माला आर्टस् एकेडेमीमा रंगकर्मी वीरेन्द्र हमाल र सुवर्ण थापाले नियमित कक्षा लिनेछन्।

नीर शाह, हरिहर शर्मा, विकासराज आचार्य, गौरी मल्ल, सौगात मल्ल, न्य्हु बज्रचार्य, पुरूषोत्तम प्रधान, दिवाकर भट्टराईलगायत गेस्ट टिचरको रूपमा रहने छन्।

गोल्डेन खबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]