Radio Golden Live..

शहीद स्मारक लिगमा दुई खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार दुई खेल हुने भएको छ । एन्फा टेक्निकल मैदानमा आइतबार बिहान ११ बजे हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र मच्छिन्द्र क्लब भिड्दै छन्। लिगको पहिलो खेलमा जित हात पार्दै नेपाल पुलिस क्लबले तीन अंक जोडेको थियो भने मच्छिन्द्रले बराबरी खेल्दै अंक बाँडेको थियो। त्यस्तै, दिउँसो साढे २ मा हुने थ्रीस्टार र ब्रिगेड ब्वाइज क्लब भिड्दै छन्। थ्रीटारले पनि पहिलो खेलमा जित हात पारेको थियो। ब्रिगेड ब्वइज भने पहिलो खेलमा मानाङ मर्स्याङदीसँग ३–१ गोल अन्तरले पराजित भएको थियो।

गोल्डेनखबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]