Radio Golden Live..

सुटुक्क गरे जस्टिन बीबर र हेली बाल्डविले विवाह

एजेन्सी । चर्चित अमेरिकी पप गायक जस्टिन बीबरले मोडल हेली बाल्डविनसँग सुटुक्क विवाह गरेका छन ।सेलेनासँगको ब्रेकअप पछि जस्टिन मोडल हेली बाल्डविनको प्रेममा परे । यी दुबैले अचानक इन्गेजमेन्ट गरेर फ्यानहरुलाई आश्चर्य चकित बनाएका थिए ।

त्यस पश्चात् सामाजिक संजालमा खुलेरै एक अर्कालाई माया दर्शाउदै आइरहेका छन् । केही समयअघि यो जोडीले बिवाहको लागि अप्लाई गरेको बताइएको थियो । यो जोडीले गुपचुप रुपमा विवाह गरेको खुलासा भएको छ ।

यो कुराको खुलासा हेली वाल्डविनले गरेकी हुन् । दुबैले गोप्य रुपमा बिवाह गरिसकेका छन् । जस्टिन बीबरले पनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक फोटो पोष्ट गर्दै लेखेका छन ‘मेरी सुन्दर श्रीमती ।’ यो पोष्टसँगै दुवैजनाका फ्यानहरुले विवाह भएको थाहा पाएका हुन् र यो जोडीलाई अहिलो बधाई तथा शुभकामना दिइरहेका छन् ।

गोल्डेनखबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]