काठमाडौँ । अभियन्ता प्राध्यापक डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन् । छातीमा अत्याधिक दुखार्इका कारण सोमबार बिहान ४ बजे उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।
डा. केसीलाई मनमोहन कार्डियो थोर्यासिक विभागको इमर्जेन्सी कक्षमा राखेर उपचार भइरहेको छ ।उनको स्वास्थ्य अवस्थाबारे विभिन्न जाँचहरु गरिएको र रिर्पाेटहरु आउने क्रममा रहेको अस्पताल श्रोतले जानकारी दिएको छ ।
गोल्डेनखबर