Radio Golden Live..

डा. केसीको सिसियुमा उपचार हुँदै 

काठमाडौ‌ं ।डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन्। छातीमा अत्यधिक दुखाइका कारण केसीलाई सोमबार बिहान ४ बजे त्रिवि शिक्षण अस्पताल लगिएको केसीका सहयोगी प्रितम सुवेदीले बताएका छन ।

डा. केसीलाई मनमोहन कार्डियो थोरासिक विभागको सिसियुमा राख्ने तयारी भइरहेको मुटुरोग विशेषज्ञ डा अरुण सायमीले बताए । सोमबार बिहानै स्वास्थ्यमा समस्या देखिएर अस्पताल पुगेका डा केसीलाई चिकित्सकले भर्ना हुनुपर्ने बताए पनि उनले नमानीरहेको अवस्थामा उनलाई सिसियुममै राखेर एक दुई दिन उपचार गर्नुपर्ने भएर भर्ना गरिएको डा. सायमीले बताए।

पटक पटक गरेर १५औँ पटकसम्म अनशन बसेका केसी पछिल्लोपटक २७ दिन लामो अनशनमा भएका सहमतिका माग पूरा नभएपछि १६ औँ अनशनको तयारी गर्दै थिए।

गोल्डेनखबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]