काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार वर्षअघि पशुपतिनाथ मन्दिरमा दिएको श्रीखण्ड चन्दन हरिबोधिनी एकादशीका अवसरमा सोमबारदेखि चढाइने भएको छ ।२०७१ साउन १८ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेपछि भारतीय प्रधानमन्त्री मोदीले २ हजार ५ सय किलोग्राम श्रीखण्ड चन्दन अर्पण गरेका थिए । पशुपतिनाथ र वासुकीनाथ मन्दिरलाई श्रीखण्ड चन्दन चढाएपछि सोमबारदेखि नै भक्तजनलाई पनि मोदीले नै अर्पण गरेको चन्दन वितरण गरिने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।पशुपतिमा वर्षभरका विशेष पर्व एवं मेलामा १५० किलो चन्दन लाग्छ ।
गोल्डेनखबर