Radio Golden Live..

शोकलाई शक्तिमा बदलेर अगाडि बढ्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नफर्किने कुरामा वा सच्याउन नसकिने कुरामा शोक मात्रै लिएर बस्न नहुने बताएका छन ।

स्वर्गीय प्रकाश दाहालको प्रथम स्मृति सभामा प्रधानमन्त्री दाहालले शोकलाई शक्तिमा बदलेर अगाडि बढ्नु आवश्यक रहेको भन्दै प्रकाशको निधनका बेला परिवारले देखाएको संयमताको प्रशंसा गरे ।

देशका लागि र समग्र नागरिकका लागि अगाडि बढाउने कुरामा योगदान गरेर देखाउनु नै साँचो अर्थमा स्वर्गीय दाहालप्रतिको श्रद्धाञ्जली ठहर्ने बताए ।

कसलाई कसरी व्यवहार गर्ने, पार्टीको गतिविधिको जानकारी कसरी व्यवस्थित बनाउने भन्नेमा प्रकाश दाहालको भूमिका प्रशंसायोग्य रहेको प्रधानमन्त्री ओलीले सम्झनुभयो ।

गोल्डेनखबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]