Radio Golden Live..

बर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भयो : देउवा

काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकार अधिनायकवादतर्फ तर्फ लागेको जिकीर गरेको छ । सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ गएको बताएका छन ।

दुई तिहाईको सरकार गठनसँगै मुलुकमा राजनीतिक स्थिरता आएको चर्चा गरिएपनि त्यसको महसुस जनताले गर्न नसकेको उनले बताए ।अधिनायवादले प्रजातन्त्रलाई नष्ट गर्ने भन्दै उनले प्रजातन्त्र संरक्षणका लागि एकजुट हुन कार्यकर्तालाई निर्देशन दिए ।

सर्वसत्तावाद उन्मुख सरकारको नियत र अधिनायकवादी चरित्र सदाका लागि अन्त्य गर्न पार्टीले शसक्त प्रतिकार गर्नुपर्नेमा उनले जोड दिए । प्रजातन्त्र रक्षाका लागि विगतमा भएका गल्ती कमजोरीलाई विर्सेर एकढिक्का भई अघि बढ्नुपर्ने उनले बताए ।

गोल्डेनखबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]