Radio Golden Live..

सिकागोको मर्सी अस्पतालमा अन्धाधुन्ध गोली चल्यो,डाक्टरसहित ४ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको सिकागोमा रहेको एक अस्पतालमा अन्धाधुन्ध गोली प्रहार भएको छ । बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा चारजनाको मृत्यु भएको छ । अस्पतालमा भएको गोलीकाण्डमा अस्पतालका दुई महिला कर्मचारी, एकजना प्रहरी अधिकारी र आक्रमणकारीको मृत्युभएको हो ।

मृत्यु हुने ४ महिला मध्ये एकजना डाक्टर तथा अर्की एक पारामेडिकल असिस्टेन्ट रहेको सिकागोका मेयर राहम इम्यानुयलले पुष्टि गरेका छन् ।प्रहरीसँगको गोली हानाहानमा आक्रमणकारीको पनि ज्यान गएको बताइएको छ ।

तर बन्दुकधारीले आफैले आफूलाई गोली हानेको हो वा होइन भन्ने खुलेको छैन । घटनामा एक प्रहरी अधिकारी घाइते भएका छन् ।आक्रमणकारीले आफू प्रेम सम्बन्धमा रहेकी महिलालाई निशाना बनाएको बताइएको छ तर घटनाको उद्देश्य स्पष्ट भएको छैन ।

घटना नेपाली समय अनुसार मंगलबार बिहान पौने तीन बजे ९स्थानीय समय अनुसार सोमबार दिउँसो ३ बजे० भएको हो । सिकागोको मर्सी अस्पतालमा आक्रमण भएको हो ।आक्रमणकारीले अस्पतालको कार पार्किङ्ग गर्ने क्षेत्रबाट अन्धाधुन्ध गोली चलाउन सुरु गरेका हुन् ।

आक्रमण लगत्तै अस्पताल खाली गरिएको थियो । प्रहरीले अस्पतालमा रहेका बिरामीलाई सुरक्षित रुपमा लैजान सफल भएको जनाइएको छ ।

गोल्डेन खबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]