Radio Golden Live..

रोनाल्डोले गर्दै छन् विवाह

काठाडौं । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले विवाह गर्दै छन् ।

अहिले इटालीयन क्लब युभेन्टसबाट खेल्दै आएका पोर्चुगलका रोनाल्डोले आफ्नो एक सन्तानकी आमा तथा फियोन्सी जर्जियाना रोड्रिग्वेजसँग विवाह गर्न लागेका छन् ।
रोनाल्डो र जर्जियाका चार सन्तान छन् । एक सन्तान जर्जियाना आफैले जन्माएकी हुन् भने दुई छोरा र एक छोरी रोनाल्डोले सरोगेसी मार्फत जन्माएका हुन् ।

रोनाल्डो ३३ वर्षका भए र रोड्रिग्वेज २४ वर्षकी भइन् । रोनाल्डो र रोड्र्रिग्वेजले केही समयअघि इनगेजमेन्ट गरेका हुन् ।

अहिले यो जोडी विवाह गर्ने स्थानको खोजीमा रहेका छन् ।

 

गोल्डेन खबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]