Radio Golden Live..

समलिङ्गी यौन सम्बन्धी किताब लेख्ने लिउलाई १० वर्षको जेल सजाय

 एजेन्सी । समलिंगी यौन सम्बन्धमा आधारित किताब लेखेको आरोपमा चीनमा एक लेखिकालाई १० वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि किताब लेखेको र बेचविखन गरेको आरोप छ ।

लिउ नामकी लेखिकालाई ‘अश्लिल सामग्री’ लेखेको तथा त्यसको बिक्री गरेको आरोपमा अन्हुई प्रान्तको एक अदालतले गएको महिना जेल पठाएको हो । ‘अक्युपेशन’ नामको त्यो उपन्यास पुरुषको समलैंगिक सम्बन्धमा आधारित छ ।

जसमा यौन गतिविधिको बारेमा लेखिएको छ ।लेखिकालाई दिइएको सजायको अवधि लामो भएको भन्दै चीनको सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।चीनमा पोर्नोग्राफी गैरकानुनी हो ।

गोल्डेन खबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]