Radio Golden Live..

विश्व बाल दिवस मनाईँदै

काठमाडौं । विश्व बाल दिवस आज नेपाल लगाएत विश्वभर विविध कार्यक्रमको आयोजना गरि मनाइँदैछ ।संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९५४ देखि हरेक वर्ष नोभेम्बर २० का दिन बालबालिकाको पक्षमा अन्तर्राष्ट्रिय एकता, सचेतना तथा हितको पक्षमा वकालत गर्दै यो दिवस मनाउने गरिएको छ ।

सन् १९५९ को नोभेम्बर २० कै दिन संयुक्त राष्ट्रसंघको महासभाले बालअधिकार सम्बन्धी घोषणा पत्र स्वीकार गरेको थियो । आमा–बुवा, शिक्षक, नर्स, डाक्टर, सरकारी निकायका प्रमुख, नागरिक समाज, धार्मिक तथा जेष्ठनागरिक समाजका सदस्यले बालअधिकारको पक्षमा भूमिका निर्वाह गर्न सक्ने विज्ञले बताएका छन् ।

नेपालमा बालअधिकार पूर्ण सुनिश्चितताका लागि आफूहरु लागि परेको महिला, बालबालिका तथा समाज कल्याण्ड मन्त्रालय अन्तर्गतको बालबालिका महाशाखाका प्रमुख वीरबहादुर राईले बताए ।दिवसको अवसरमा मंगलबार यो आर्थिक वर्षमा अहिलेसम्म देशमा बालबालिकाको अवस्था बारेको प्रतिवेदन सार्वजनिक गरिने उनले बताए ।

गोल्डेन खबर 

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]