Radio Golden Live..

ह्याकर सम्मेलन हुँदै नेपालमा

काठमाडौं ।यही मंसिर २२ र २३ गते नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन ‘थ्रेट कोन’ आयोजना हुँदैछ । काठमाडौंको होटल अन्नपूर्णमा आयोजना हुने सम्मेलन विश्वमै प्रसिद्ध ‘ब्ल्याकट ह्याट र डीईएफ कोन’को नेपालको समकालीन सम्मेलन हो ।

सम्मेलन सूचना प्रविधिसँग सम्बन्धित व्यावसायिक संस्था एसआईसीटी नेपाल र साइबर सुरक्षामा काम गर्दै आएको थे्रट निक्सले आयोजना गरेको हो । सम्मेलनमा क्यान महासङ्घ, इन्टरनेट सोसाइटी नेपाल च्याप्टर, एनपिक्स जस्ता संस्थाका सहकार्य रहेको छ ।

पछिल्लो समय व्यक्तिगत तथा पब्लिक डोमेन, ठूला किसिमका फाइनान्सियल अट्याकजस्ता साइबर सुरक्षाको चुनौती नेपालले भोग्नु परेको छ । साइबर हमलामा संलग्न व्यक्तिका लागि नेपाल केन्द्रमा परिसकेको छ । विश्व प्रसिद्ध ह्याकर म्याट सुसि प्रमुख वक्ताको रुपमा रहनु हुनेछ ।

गोल्डेन खबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]