Radio Golden Live..

संघीयता आएन वित्तीय र प्रशासनिक क्षेत्रमा : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वित्तीय र प्रशासनिक क्षेत्रमा संघीयता कार्यान्वयन हुन नसककेको बताएका छन्। सडक उद्घाटन गर्न डोल्पा जाने क्रममा सुर्खेत विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले राजनीतिक क्षेत्रमा संघीयता कार्यान्वयन भइसके पनि वित्तीय र प्रशासनिक क्षेत्रमा पूर्ण रूपमा संघीयता कार्यान्वयनमा आउन नसकेको बताएका हुन्।

‘संघियता सफल बनाउन केन्द्रदेखि स्थानीय तहसम्म संचरना निर्माण हुन जरुरी रहेको छ’, उनले भने, ‘संघियताको पूर्ण कार्यन्वयन भइनसकेका कारण संविधान अनुरूप सरकारले सबै काम गर्न नसकेको हो।’ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेतासमेत रहेका पोखरेलले पार्टी एकीकरणको पनि प्रदेश र जिल्लास्तरमा छिट्टै टुंगो लगाइने दाबी गरेका छन ।

गोल्डेन खबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]