Radio Golden Live..

दुर्घटनामा परे विपिन कार्की,खुट्टा फ्रयाक्चर

काठमाडौं । अभिनेता विपिन कार्की दुर्घटनामा परेका छन् । केही दिनअघिदेखि सुरु भएको सिनेमा ‘जात्रै जात्रा’को छायाकंनमा व्यस्त रहेका विपिन मंगलबार बिहान यही सिनेमाको छायाकंनका लागि बालाजु जाँदै गर्दा कालीमाटीमा दुर्घटनामा परेका हुन् ।

बाइकमा गइरहेको समयमा पछाडिबाट अर्को बाइकले ठक्कर दिएपछि यो दुर्घटना भएको हो । दुर्घटनामा परेका विपिनको दाहिने खुट्टा फ्रयाक्चर भएको छ । अहिले उनको बल्खुस्थित बयोधा हस्पिटलमा भर्ना गरेर उपचार भइरहेको छ ।
गोल्डेन खबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]