Radio Golden Live..

ट्रम्प साउदी युवराजको पक्षमा,अमेरिकी विपक्ष दल रुष्ट

काठमाडों । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासँगको सहकार्यको बचाउ गरेका छन् ।पत्रकार जमाल खाशोग्गीको हत्याको विषयलाई लिएर अन्तर्राष्ट्रिय दबाब बढी रहेका बेला ट्रम्पले अमेरिका र साउदी सम्बन्धको पक्षमा उभिएका हुन् ।

साउदी पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा हत्या भएको हो । हत्यामा संलग्नको अहिलेसम्म पहिचान भएको छैन ।

तर अमेरिकी विपक्ष दलका नेताहरुले हत्यामा सम्लग्न जो केहीलाइै कानुनी कठघरामा ल्याउनुपर्ने बताउदै आएका छन ।विपक्ष दलका नेताहरुले ट्रम्पको आलोचना गरेका छन । आफुहरु मानब अधिकारको पक्षमा उभिएको एक नेताले बताएका छन ।

विभिन्न अनुसन्धानमा हत्या साउदी अरेबियाका मोहम्मद बिन सलमानको निर्देशनमा भएको दाबीसहितका खबर आएका छन् ।तर साउदी अरेबियाले भने त्यसको स्पष्ट रुपमा खण्डन गरेको छ ।

ट्रम्पले जारी गरेको वक्तव्यमा एमबिएसको स्पष्ट रुपमा बचाउ गरेका छन् भने साउदीले भने जस्तै हत्या भएका पत्रकार खाशोग्गी ‘देशको शत्रु’ रहेको पनि उल्लेख गरेका छन् । खाशोग्गीको हत्यामा कुनै पनि हिसाबले क्राउन प्रिन्स एमबिएसको संलग्नता नदेखिने पनि ट्रम्पले वक्तव्यमा उल्लेख गरेका छन् ।

गोल्डेन खबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]