Radio Golden Live..

आमाको हत्यागरि छोराले गरे आत्मसमर्पण 

काठमाडौं । बागलुङ जिल्लाको जैमिनी नगरपालिका एक वृद्धाको आफ्नै छोराले हत्या गरेका छन्। जैमिनी नगरपालिका १० राङ्खानीका ६० वर्षीय कर्णबहादुर श्रीषले आफ्नी आमा ९० वर्षीया हरिकला श्रीषको हत्या गरेका छन्।

उनले मंगलबार साँझ घरेलु हतियार पञ्चारो प्रहार गरी हरिकलाको हत्या गरेको प्रहरीले जनाएको छ। उनले बिहीबार बिहान प्रहरी चौकी कुश्मीशेरामा आत्मसमर्पण गरेपछि हत्याको रहस्य खुलेको थियो।

श्रीषले साँझ खाना खाने समयमा वृद्ध आमा छोराको भनाभन भएको र सामान्य धक्का लाग्दा आमा पल्टेपछि बञ्चरो प्रहार गरेर हत्या गरेको प्रहरीसँगको प्रारम्भीक वयानमा भनेका बताएको प्रहरी नायव उपरीक्षक बालरणसिंह राणाले जानकारी दिए।

मृतक हरिकला श्रीषको पोष्टमार्टमको लागि धौलागिरी अञ्चल अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। श्रीषले आमाको हत्या गरेको स्वीकार गर्दै प्रहरीसमक्ष आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ।

गोल्डेनखबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]