Radio Golden Live..

गृहमन्त्रीसामू विष सेवनको प्रयास गरे पूर्वलडाकूले

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा सामन्ने पूर्वलडाकूले विष सेवनको प्रयास गरेका छन् । पूर्वलडाकू कुलप्रसाद भट्टराई बुधबार गृहमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए ।

मन्त्रालयमा गृहमन्त्रीसँग कुराकानी गरिरहेका बेला उनले एक्कासी खल्तीबाट विष निकालेर खान खोजेका थिए ।

तत्काल नै उनलाई रोकिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।उनले गृहमन्त्रीलाई भेट्नुअघि पनि विष सेवन गरेको आशंका गरिएको छ । उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

गोल्डेनखबर 

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]