Radio Golden Live..

लोकतन्त्रका लागि लड्न कार्यकर्तालाई देउवाको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई जोगाउन लडाई लड्न तयार रहन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन । सभापति देउवाले नेपालका कम्युनिष्टहरुबाट लोकतन्त्र खतरामा रहेको दावी गर्दै यसको संरक्षणका लागि लोकतन्त्रमा विश्वास गर्ने सबैलाई एकतावद्ध हुन पनि आह्वान गरेका छन ।

बुधबार नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएशनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पञ्चायतलाई ढालिएको, राजालाई हटाएको काँग्रेस सामू लोकतन्त्र रक्षा गर्ने ठूलो चूनौति रहेको पनि बताए ।सभापति देउवाले लोकतन्त्रको रक्षाका लागि न्यायालय, प्रशासनिक संयन्त्र, नेपाल प्रहरी र नेपाली सेनालाई पनि कटिवद्ध बनाई राख्नुपर्ने पनि बताए ।

गोल्डेन खबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]