Radio Golden Live..

हामी सबै मिलेर सिंगापुर बनाऔँ नेपाललाई : गृहमन्त्री

काठमाडौं । भक्तपुरमा एकमहिने ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’ आजदेखि सरु भएको छ । भक्तपुरको लोकन्थली मनोहरा पुल बढारेर बिहीबार बिहान उक्त अभियान शुभारम्भ गर्दै गृहमन्त्री रामबहादुर थापाले अभियन्ताहरूलाई सफाइका सामग्री हस्तान्तरण गरे ।

गृहमन्त्री थापाले ‘जनताले समृद्ध नेपाल र सुखी नेपाली बनाउने जिम्मा दिएका कारण जिम्मेवारी पूरा गर्न सफल पार्न सबैको साथ र सहयोग आवश्य रहेको बताए । शान्ति र सुरक्षित नेपाल बनाउनु अहिलेको आवश्यकता रहेको बताउँदै थापाले जनतालाई समृद्धि र सुरक्षाको प्रत्याभूति दिने अभियान पनि शुरु भएको बताए। महिला हिंसा र बलात्कार रोक्न, सरकार, प्रहरी र प्रशासनले मात्रै सम्भव छैन, यसमा जनताको सहभागिता जरुरी हुन्छ भन्दै उनले सिङ्गापुर समृद्ध बनेको उदाहरण दिँदै जनता र सरकार मिलेर आफ्नो मुलुकलाई पनि समृद्ध बनाउनुपर्ने धारणा राखे।

गोल्डेन खबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]