Radio Golden Live..

आज विदेशी मुद्राको भाउ स्थिर

काठमाडौं। रियाल, रिंगिट, दिर्हाम, कोरियन वन लगायतका विदेशी मुद्रा बुधबारकै मूल्यमा बिहीबार साट्न सकिनेछ । बिहीबार विदेशी मुद्राको भाउ स्थिर छ ।नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रिदर ३० रुपैयाँ ५५ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४८ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रिदर ३१ रुपैयाँ २१ पैसा तोकेको छ ।मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १९ पैसा र बिक्रिदर २७ रुपैयाँ ३३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०७ र बिक्रिदर १० रुपैयाँ १२ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ ९१ पैसा छ भने बिक्रिदर ३ सय ७६ रुपैयाँ ८८ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०२ रुपैयाँ ४६ पैसा र बिक्रिदर ३ सय ०४ रुपैयाँ ०५ पैसा रहेको छ ।नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
गोल्डेन खबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]