Radio Golden Live..

अष्ट्रेलियामा रातो धुलोसहितको आँधीले आकासको रङ्ग नै बदलियो

अष्ट्रेलियाको न्यू साउथ वेल्स क्षेत्रबाट सुरु भएको धुलोसहितको आँधीले सिड्नी आसपासको जनजीवन कष्टकर भएको छ । अधिकारीहरुले बिहीबार आएको आँधीले जनस्वास्थ्यमा नराम्रो असर पार्ने भनेर सावधान गराएका छन् ।

५ सय किलोमिटर चौडा धुलोसहित फैलिएको आँधीले सहर घेर्न थालेको र यसबाट सबैले सावधान अपनाउनुपर्ने उनीहरुले बताएका छन् । न्यू साउथ वेल्सका धेरैजसोे क्षेत्रमा यस आँधीको कारणले हेर्नै पनि मुश्किल भएको छ ।

मौसम अधिकारीहरुका अनुसार आँधीले सुख्खा माटो उडाएर ल्याएको छ । अगस्ट महिनादेखि न्यू साउथ वेल्स क्षेत्रको भित्री राज्यमा परेको खडेरीका कारण यस्तो समस्या आएको आँधीले अष्ट्रेलियाको आकाशको रङ्ग बदलिएको छ । स्वास्थ्य अधिकारीहरुले स्थानीयलाई कोठाभित्रै बस्न सूचित गरेका छन् । अहिले त्यहाँको आकाशको रङ्ग पनि रातो देखिन थालेको छ ।

गोल्डेन खबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]