Radio Golden Live..

सन्दीप लामिछानेको टिम केरला कराँचियन्ससँग खेल्दै

काठमाडौं । टी-१० क्रिकेट लिगमा सन्दीप लामिछानेको टिम केरला नाइट्सले विहिबार कराँचियन्ससँग प्रतिस्पर्धा गर्दैछ ।सारजाहमा हुने केरला र कराँचीयन्सबीचको खेल नेपाली समय अनुसार बेलुका ७ साढे ३० मा सुरु हुनेछ ।साविकको विजेता समेत रहेको केरलाले पहिलो खेलमा पख्तुनलाई ८ विकेटले हराएको थियो । सो खेलमा सन्दिपले तीन विकेट लिएका थिए ।पहिलो खेलमा म्यान अफ द म्याच बनेका सन्दिप बिहिबार पनि प्लेइङ सेटमा पर्ने प्रबल संभावना रहेको छ ।सन्दीपले २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिएका थिए ।सन्दीपले डेब्यु खेलको आफ्नो पहिलो ओभरमै दुई विकेट लिएका थिए ।
गोल्डेन खबर

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]